प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को २०७९ कार्तिक १६ गतेको निर्णय अनुसार रथी दर्जामा पदोन्नति हुनु भएका उपरथी सिताराम खड्कालाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज कार्तिक १८ गते जङ्गी अड्डामा आयोजित कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । पदोन्नती हुनु भएका रथी सिताराम खड्का बलाध्यक्षमा नियुक्ति हुनु भएको छ ।
मन्त्रीपरिषद्को सोही निर्णय बमोजिम उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी विजय थापा र सहायक रथी आश बहादुर तामाङ्ग पिएच.डि. लाई प्रधान सेनापति महारथी शर्माले आजै उपरथी दर्जाको दर्ज्यानी चिन्ह समेत प्रदान गर्नु भएको छ ।
पदोन्नती हुनु भएका उपरथी श्री विजय थापा श्री सुदुरपश्चिम पृतना हे।क्वा।का पृतनापति र उपरथी श्री आश बहादुर तामाङ्ग पिएच.डि. श्री नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षमा नियुक्ति हुनु भएको छ ।
उक्त दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
वि.सं.२०७९ कात्तिक १८ १४:४५




















