back
stc
prabhu insurance

मंसिर १६ गते वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावरको वार्षिक साधारण सभा

काठमाडौं । वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावरले मंसिर १६ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।

सभा कम्पनीको कार्यालय, काठमाडौं महानगरपालिका–१, दरबारमार्ग, काठमाडौंमा दिउँसो साढे ३ बजेबाट सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ