विरगंजमा मिसेलिन टायरको नयाँ सोरुम
काठमाडौं । मिसेलिन टायर ब्राण्डको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी अटोपार्टसले उक्त ब्राण्डको नयाँ सोरुम विरगंजको बाईपास रोडमा स्थापना गरेको छ ।
जयमा दुर्गा टायर हाउस नामक उक्त सोरुमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक यूवराज बुढाथोकीले एक कार्यक्रमबीच गरेका छन् ।
ग्राहकवर्ग एवं रिटेलरहरुको उपस्थिति रहेको उक्त समारोहमा सोरूमका संचालक मदन प्रसाद यादवलाई विक्रेता नियुक्ति सम्बन्धि प्रमाणपत्र वितरण गरिएको थियो ।
साथै सोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई एक जोडी मिसेलिन टायरको खरिदमा एउटा ज्याकेट निः शुल्क प्रदान गरिएको छ ।
कमर्सिअल (ट्रक, टिपर, बस आदि) र पेसेन्जर (इभी, एसयुभी आदि) गाडीहरुको लागि विभिन्न मोडेलका मिसेलिन टायरहरु उपलब्ध छ । मिसेलिन ब्रान्ड विश्वको नम्बर एक टायर ब्राण्डको रुपमा परिचित छ ।
वि.सं.२०७९ कात्तिक २० १८:३६




















