back
stc
prabhu insurance

ग्लोबल आइएमई बैंकको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” निष्काशन सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” ५ अर्ब बराबरको डिबेन्चर ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्न सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच ग्लोबल आइएमई बैंक लि., कमलादी, काठमाडौंमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता भएको छ ।