back
stc
prabhu insurance

नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपको रुपमा २०७९ कात्तिक २७ गतेदेखि २०८० कात्तिक २७ गतेसम्मको लागि लगानी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार यसरी लगानी गरिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि २० करोड, विकास बैंकहरुको लागि तीन करोड ७५ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड २५ लाख रुपैयाँ छुुट्याईएको छ ।

रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही कात्तिक २२ गतेभित्र नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दाबढी रहेको हुुनुुपर्ने लगायतका सर्तहरु तोकिएका छन् ।