एनसीसी बैंकका संस्थापकहरुले २२ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै
काठमाडौं । एनसीसी बैंकका संस्थापक सेयरधनीहरुले २२ लाख ३३ हजार २०२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका छन् ।
बैंकका ९ जना सस्थापक सेयरधनीहरुले उक्त सेयर बिक्री गर्न लागेका हुन् । यसमा सोमबार (कात्तिक २१ गते) देखि ३५ दिनभित्रमा आवेदन दिन सकिने बैंकले जानकारी गराएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले यसमा आवेदन दिन सक्नेछन् ।
सेयर खरिदका लागि इच्छुक संस्थापक सेयरधनीले एनसीसीको बागबजार, काठमाडौंस्थित सेयर विभागमा लिखित निवेदन दिनुपर्नेछ ।
तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुलाई उक्त संस्थापक सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
वि.सं.२०७९ कात्तिक २१ ०८:१८




















