back
stc
prabhu insurance

आजदेखि मुक्तिनाथ कृषि कम्पनीको  हकप्रद सेयर निष्काशन

काठमाडौं । आज कात्तिक २५ गते शुक्रबारदेखि मुक्तिनाथ कृषि कम्पनीको ५५.५५ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले आज कात्तिक २५ गते शुक्रबारदेखि चुक्ता पूँजीको ५५.५५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले सेयरधनीहरुलाई १ कित्ता सेयर बराबर ०.५५ कित्ता सेयरको अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको उक्त सेयरमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको उक्त सेयरमा केन्द्रिय कार्यालय र प्रादेशिक कार्यालयमा सम्पर्क गरी आवेदन दिन सकिनेछ ।

कम्पनीको २८ गते बसेको साधारणसभाले ५५.५५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । हो । कम्पनीको चुक्ता पुँजी ५६ करोड रुपैयाँ रहेको छ ।