मंसिर १८ गते नेसनल लाइफ इन्स्योरेन्सको साधारण सभा
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको मंसिर १८ गते साधारण सभा बस्ने भएको छ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यसले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।७९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
२०७७/७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर ८ गते बुक क्लोज गरिसकेको छ । मंसिर ७ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।
वि.सं.२०७९ मंसिर १४ ०८:४५




















