मंसिर २९ गतेदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मंसिर २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।
बैंकले ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र २०८५–८६’ जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।
यसमा वार्षिक ७ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । यस ऋणपत्रमा पुस ४ गतेसम्म आवेदन दिन पाइनेछ ।
उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने पुस १४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
वि.सं.२०७९ मंसिर २० ०८:५०




















