back
prabhu insurance
himalayanlife

साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको अभियोगमा पक्राउ

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको अभियोगमा चितवन रत्ननगर नगरपालिका(५ झुवानीटोल बस्ने किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सर्वसाधारणलाई झुक्यानमा पारी ठगी गर्ने अभिप्रायले उक्त ब्यूरोको नक्कली फेसवुक पेज बनाउने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।