back
stc
prabhu insurance

हरि गोपाल प्रधान र डा. सरिशा श्रेष्ठले विश्व कीर्तिमान राख्न सफल

काठमाडौं ।  वरिष्ठ गीतकार हरि गोपाल प्रधान र डा. सरिशा श्रेष्ठ (मिस अर्थ २०२२)ले सारङ्गकोट, पोखरामा प्याराग्लाइडिङ्ग गरी आफ्नो साङ्गीतिक एल्बल “सरर बग्यो हावा सरर” विमोचन गरि विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको छ ।

आकाश माथि १९०० मिटरको उचाईमा” पोष्टर तथा म्यूजिक भिडियोका गीतका रचनाकार हरि गोपाल प्रधान, नायिका डा. सरिशा श्रे (मिस अर्थ २०२२) लगायत गायक तथा नायक निर्णय श्रेष्ठ, गायिका सुवानी मोक्तान, ज्येष्ठ नागरिक अभियन्ता आरति पौडेलले एकै साथ आकाशमा उक्त गीतको मिति २०७९ बैशाख २८ गते विहान १०ः३० बजे बिमोचन गरि विश्व कीर्तिमान राख्न सफल भएका थिए । वल्र्ड बुक अफ रेकर्डस्को तर्फबाट नेपाल च्याप्टरका अध्यक्ष सागर कट्वालको उपस्थितिमा उक्त कीर्तिमानको विधिवत प्रयास सम्पन्न भएको थियो ।

सम्माननीय उपराष्ट्रपतिको कार्यालय, हरित गृहमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनज्यूको बाहुलीबाट विश्व रेकर्डसको प्रमाणपत्र कीर्तिमानी वरिष्ठ गीतकार हरि गोपाल प्रधान, डा. सरिशा श्रेष्ठ, सुवानी मोक्तान लगायत अन्य टिमलाई हस्तान्तरण भएको थियो । वल्र्ड बुक अफ रेकर्डस् नेपालका अध्यक्ष सागर कटवाल, हिपहप किङ्ग निर्णय श्रेष्ठले दोसल्ला, वल्र्ड बुक अफ रेकर्डस्को पीन एवं माला लगाई विश्व कीर्तिमानी गीतकार प्रधानलाई सम्मान गर्नुभएको थियो ।

उक्त साङ्गितिक एल्बममा हिपहप किङ्ग नायक गायक निर्णय श्रेष्ठ, गायिका सुवानी मोक्तान र नायिका डा. सरिशा श्रेष्ठ, सिनोमटोग्राफर ÷सम्पादक सोहन मानन्धर तथा कोरियोग्राफी डाइरेक्सन आराध्यालक्ष्मी खड्गी तथा फोटोग्राफर पद्यसागर कक्षपति रहेको थियो ।

उक्त कार्यक्रममा उपराष्ट्रपति कार्यालयका कर्मचारी, पत्रकार एवं सहयोगी महानुभावहरुलाई उल्लेख्य भूमिका खेलेकोमा सम्माननीय उपराष्ट्रपतिज्यूको बाहुलीबाट सम्मान गरिएको थियो ।
“विश्वमा कसैले नगरेको कार्य गरि विश्व रेकर्ड बनाउने काम आफैमा गा¥हो काम हो, तपाईहरले रेकर्ड राखेर नेपालीको शिर ठाडो पार्नुभएको” छ भन्दै सम्माननीय उपराष्ट्रपतिज्यूले बधाई ज्ञापन गर्नुभएको थियो ।

वल्र्ड बुक अफ रकेर्डस् नेपालका अध्यक्ष सागर कट्वालले वरिष्ठ गीतकार हरि गोपाल प्रधान र अन्य टिमको अथक मेहनत र प्रयासबाट यो रेकर्ड बन्न सफल भएको भन्दै हरेक पाइलामा साथ दिने प्रतिवद्धता जाहिर गर्नुभयो ।

साथै गीतकार हरि गोपाल प्रधानले सबैको साथ सहयोगका कारण आफूले विश्व रेकर्ड राख्न सफल भएको बताउनु भयो ।

यस एल्बममा गायिका ओरिजिनल गायिका सरिता अधिकारी, संगीतकार किशोर खतिवडा, वरिष्ठ संगीत एरेन्जर, अमूल कार्की ढली, रेकर्डीस दीप तुलाधर, फोटोपत्रकार पद्यसागर कक्षपति, जर्नादन अर्याल, ड्रेस डिजाइनर तुल्सी प्रजापति, कुसुम श्रेष्ठ, मोडेल कलाकारमा विविता पाण्डे, श्रीकृति बलामी, निरिस्मा डली, झरना रेग्मी, सुनिता खड्का, कृति बलामी, एरेन्जमेन्टमा बालकृष्ण थारु प्रोडक्सन मेनेजर निकेश सुवेदी, सागर श्रेष्ठ र निर्माता शब्दयात्रा प्रकाशन, बनेपा रहेका छन् ।

उक्त कार्यक्रममा नेपालमै पहिलो क्यान्सरको औषधि उत्पादन गर्ने कम्पनीका संस्थापक शैलेश बैद्यलाई “एक्सिलेन्स” प्रमाणपत्रद्वारा विभूषित गरिएको थियो ।

त्यसैगरी वरिष्ठ समाजसेवी, हिपहप किङ्ग निर्णय श्रेष्ठ लगायत समूहले कायम गरेको विश्व कीर्तिमानको प्रमाणपत्र पनि उक्त समारोह बिच हस्तान्तरण गरिएको थियो ।

हरि गोपाल प्रधान वरिष्ठ पत्रकार/फोटो पत्रकार साहित्यकार एवं समाजसेवीले दोश्रो पटक विश्व कीर्तिमान राख्न सफल हुनुभएको थियो ।