back
stc
prabhu insurance

यस वर्ष पनि एनआइसी एसिया बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । एनआइसी एसिया बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आ.व.को वित्तीय विवरणहरु पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको उक्त निर्णय अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिनेछ । बैंकले गत वर्ष पनि सेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन ।

यसले नियामकले तोके अनुसार पुँजी कोष कायम राख्न नसक्दा लाभांश वितरणबाट वञ्चित भएको हो ।