back
prabhu insurance
himalayanlife

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं ।नेपाल सरकार, मन्त्रिपरिषद्को २०७९ पुस ३ गतेको निर्णय अनुसार उपरथी दर्जामा विशेष बढुवा हुन भएका सहायक रथी कृष्ण प्रसाद सापकोटा र मानार्थ उपरथी दर्जामा पदोन्नती हुन भएका सहायक रथी सुशिल कुमार भण्डारीलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले ०७९ पुस ११ गते जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।