back
stc
prabhu insurance

आहा रारा पोखरा गोल्डकप : संकटा फाइनल प्रवेश

पोखरा। संकटा फुटबल क्लब २२ औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै संकटा उपाधिनजिक पुगेको हो ।

संकटालाई जित दिलाउन स्टेफन बिनोङ र मेसुके ओलोमोउले दुई दुई गोल गरे । एपीएफका हरि कार्कीले एक गोल फर्काए । स्टेफनले खेलको पाँचौं र ६१ औं मिनेटमा स्टेफनले गोल गरे ।

यस्तै मेसुकेले ४३ औं र ८६ औं मिनेटमा गोल गर्दै संकटाको जित सुनिश्चित गरे । एपिएफका हरी कार्कीले ७४ औं मिनेटमा सान्वना गोल फर्काए ।

खेलमा संकटाका स्टेफेन म्यान अफ दी म्याच चुनिए । अब संकटाले उपाधिका लागि चर्च ब्वाइज युनाईटेड र भुटनीज युथ सकर क्लबबीच बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।

यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने आयोजकले जनाएको छ ।