back
stc
prabhu insurance

आठ मुद्दाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएका फैसलामाथि चित्त नबुझेको भन्दै आठ मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका घुसररिसवत र शैक्षिक प्रमाणपत्र नक्कलीसम्बन्धी ८ वटा मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

रामविश्वास राय यादव, कुमार यादव, धनबहादुर तामाङ, रामान्द चौधरी, कुमारी साउद, लालु गिरी, देवजंग शाही, सिकन्दर प्रसाद कानु र प्रा।डा। राजकुमार रौनियार र रामहरि रौनियारको मुद्दामा पुनरावेदन गरेको अख्तियारले जनाएको छ ।