आज नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा
काठमाडौं । आज माघ १५ गते आइतबार नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा बस्दैछ । साधारण सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी जम्मा १५.७९प्रतिशतलाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गरिनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गरिसकेको छ ।
तसर्थ, माघ २ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
वि.सं.२०७९ माघ १५ ०८:२१




















