चीनमा ५ सवारीसाधन एक–आपसमा ठोक्किंदा १६ जनाको मृत्यु, ६६ घाइते
चीनको हुनान प्रान्तमा ५ वटा सवारीसाधन एक–आपसमा ठोक्किंदा १६ जनाको मृत्यु भएको छ।उक्त दुर्घटनामा ६६ जना घाइते भएका हुन् । घाइते मध्ये ८ जनाको अवस्था भने गम्भीर रहेको छ ।
दुर्घटना भएपछि केही सवारीसाधनमा आगलागी समेत भएको छ । ठक्करबाट अन्य ४९ वटा सवारीसाधन क्षतिग्रस्त भएको हुनान प्रान्तको हाईवे ट्राफिक प्रहरी विभागले जनाएको छ ।
सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी विभागले जनाएको छ । अन्तर्राष्ट्रिय समाचारका अनुसार उद्धारका लागि आपत्कालीन व्यवस्थापन मन्त्रालयले दुर्घटनास्थलमा कार्यदल समेत परिचालन गरेको छ।
वि.सं.२०७९ माघ २३ ०७:५१




















