back
stc
prabhu insurance

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश संशोधन

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश संशोधन भएको छ । संशोधित लाभांश अनुसार अब लगानीकर्ताले ३.५० प्रतिशत लाभांश पाउनेछन् ।

यसआधारमा अब बोनस सेयर घटेको छ । यस्तै, नगदमा पनि केही कम भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ३.३२५ प्रतिशत बोनस र कर तिर्न ०.१७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले बिमा प्राधिकरणको निर्देशन अनुसार लाभांशको दर परिमार्जन गरेको जनाएको छ ।

यसअघि, कम्पनीले सेयरधनीहरुलाई ६.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र प्रुडेन्सियलको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । कम्पनीले अघिल्लो वर्ष भने ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।