आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रुपैयाँ ८९ पैसा र बिक्री दर १३२ रुपैयाँ ३९ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ १९ पैसा र बिक्री दर १४० रुपैयाँ ८२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ९६ पैसा र बिक्री दर १६० रुपैयाँ ६९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
वि.सं.२०७९ चैत ५ ०७:०५




















