back
stc
prabhu insurance

फ्रान्समा सरकारी योजना विरूद्धको आन्दोलनले उग्र रूप लिंदै

फ्रान्समा  अवकाशको  उमेर बढाउने सरकारी योजना विरुद्धको आन्दोलनले उग्र रुप लिन थालेको छ । आन्दोलनको नवौं दिन बिहीबार दशौं लाख मानिस प्रदर्शनमा उत्रिएका हुन् ।

राजधानी पेरिसमा मात्रै करिब डेढ लाख मानिसले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले बोर्डेक्स शहरको टाउन हलमा समेत आगजनी गरेका छन् । उनीहरूले सडकमा थुप्रिएको फोहोरमा जतातत्तै आगो समेत लगाएका छन् ।

राजधानी पेरिसबाट ५ दर्जन बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ भने प्रहरीले प्रदर्शनकारीलाई रोक्न भारी मात्रामा अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीहरुले पसलहरु तोडफोड गर्दै म्याडोनल्ड लगायतका रेष्टुराँमा पनि आक्रमण गरेका छन् ।

प्रहरी कारबाहीमा केही प्रदर्शनकारीहरु घाइते भएको जनाइएको छ । सरकारले अवकाशको उमेर ६२ वर्षबाट बढाएर ६४ बनाएपछि ट्रेड युनियनहरु विरोधमा उत्रिएका हुन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भने पेन्सन सुधार कार्यक्रम कसैको रहर नभई बाध्यता भएको बताउनु भएको छ ।सरकार यसबाट पछि नहट्ने अडान उहाँले दोहोर्याउनु भएको छ ।