back
stc
prabhu insurance

ट्राफिक नियम उल्लंघन गर्ने १६ जना स्कूल बसका चालक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले स्कुल बसका चालकलाई कारबाही गरेको छ। स्कुल बस निर्देशिका २०७४ अनुसार मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका बस चलाउने १६ जना चालकलाई बुधबार ट्राफिक प्रहरीले कारबाही गरेको हो।

तीमध्ये ८ जनालाई बसको अवस्था ठिक नराखेको र ८ जनालाई लापरबाहीका साथ बस चलाएको अवस्थामा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार बुधबार ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालकसहित ३१४ जना चालकलाई कारबाही गरिएको छ।