हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज चैत २९ गते बस्दैछ । साधारण सभा बानेश्वर बैंक्वेट, थापागाउँ काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
कम्पनीले सभामा २.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, साधारण सभा मार्फत संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ । बोनस सेयर वितरणपछि पुँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेन्डा पनि रहेको छ ।
वि.सं.२०७९ चैत २९ ०८:४५




















