पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित
काठमाडौं । उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारण सभाबाट कार्यकारिणी समिति सदस्यमा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक निर्वाचित भएका छन् ।
एसोसिएटतर्फबाट श्रेष्ठ महासंघको सदस्य निर्वाचित हुनुभएको हो । यसअघि उहाँले महासंघको उद्योग प्रवद्र्धन समिति, अन्तर्राष्ट्रिय लगानी तथा प्रवद्र्धन समितिमा रहेर काम गर्नु भएको थियो ।
विभिन्न सामाजिक संस्थाहरु चाइल्डरिच नेपालका पूर्व बोर्ड अध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यापारिक संस्था वाइपिओको निर्वतमान अध्यक्ष तथा बोर्ड सदस्य लगायत संस्थाहरुमा आबद्ध रहेर पनि उहाँले काम गरिरहनु भएको छ ।
वि.सं.२०७९ चैत ३० १३:२४




















