वरिष्ठ उपाध्यक्षमा पुन: निर्वाचन
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को बरिष्ठ उपाध्यक्ष पदमा आज चैत्र ३० गते साँढे तीन बजे पुनः मतदान हुने भएको छ । कुल खसेको मतको ५० प्रतिशत मत ल्याउन कसैले नसकेपछि पुनस् मतदान हुन लागेको हो।
वरिष्ठ उपाध्यक्षमा पचास प्रतिशत मत कटाउने उम्मेदवार मात्र विजेता घोषित हुने विधानको व्यवस्था अनुसार उक्त मत कसैले ल्याउन नसकेपछि वरिष्ठ उपाध्यक्षमा पुनस् मतदान हुन लागेको हो।
एशोसिएट्सतर्फको मतगणना हुँदा सबैभन्दा बढी ६१० मत रामचन्द्र संघाईले प्राप्त गरेका थिए। एसोसिएट्स तर्फको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठले ५५८ र उमेशलाल श्रेष्ठले ४१५ मत ल्याएका छन् । एशोसिएटसको मतगणनासम्म अगाडि रहेका संघाई जिल्ला(नगर र वस्तुगतको मत गणनामा पछाडि परेका छन।
वरिष्ठ उपाध्यक्षको दोश्रो चरणको मतदानमा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच कडा भिडन्त हुने भएको छ । एशोसिएट, जिल्ला नगर र वस्तुगत समूहबाट प्राप्त मतभारका आधारमा वरिष्ठ उपाध्यक्षका लागि अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच दोश्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।
अञ्जनले ३८ प्रतिशत र उमेशलालले ३१.५१ प्रतिशत मत र एशोसिएटको मतगणनामा अग्रस्थानमा रहेका रामचन्द्र संघाईले जिल्ल/ नगर र वस्तुगततर्फको मतगणनामा पछाडि परेसँगै ३०।४८ प्रतिशत मतभार मात्र पाएका थिए ।
योसँगै उनी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । अब संघाई समूहले अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठमध्ये जसलाई समर्थन गर्छ, उसैले वरिष्ठ उपाध्यक्षमा जित हासिल गर्नेछन ।
यस्तो अवस्थामा मतको खरिदबिक्रीको चलखेल समेत हुन सक्नेछ । व्यापारी हुन नाफा(घाटाको हिसाब किताब त गरि हाल्छन। कसले कति बढी मत किन्न खर्च गर्छ र तेश्रो हुने उम्मेदवार संघाईलाई कसले बढी खर्च गरेर खरीद गर्नसक्छ, त्यसमै अबको वरिष्ठ उपाध्यक्षको जितहार निर्भर हुने चर्चा हुन थालेको छ ।
अहिलेसम्मको अवस्था हेर्दा अन्जन श्रेष्ठले नै जित्ने अनुमान छ। महासंघको यसपटकको निर्वाचनमा उद्योगी संघाईको टिम स्ट्रोङ देखिएपनि वरिष्ठ उपाध्यक्षमा उनी कमजोर भएका छन।
दोश्रो चरणको मतदानमा संघाईले अन्जनलाई सहयोग गर्ने बलियो सम्भावना छ। महासंघको वरिष्ठ उपाध्यक्षको चुनावी खर्च करिब १० करोड पुग्ने व्यापक चर्चा छ ।
वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदवारले पाँच( पाँच करोड रूपैयाँ खर्च गरिसकेका छन,अब दोस्रो चरणको निर्वाचनमा थप पाँच/पाँच करोड खर्च गर्ने भएभन्ने उद्योगी व्यवसायीहरू बीच चर्चा छ।
महासंघको जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य,वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एशोसिएटस उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ निर्वाचित भएका छन्।
सुरकृष्ण श्रेष्ठ र ज्योत्सना श्रेष्ठ वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघाई प्यानलबाट उपाध्यक्षमा जितेका हुन। वस्तुगत उपाध्यक्ष हेमराज ढकालभने उमेशलाल श्रेष्ठ पक्षबाट जितेका छन।
जिल्ला /नगर उपाध्यक्षमा वैद्यले ४३ मत,अजयराज सुमार्गीले ३७ मत र उमेशलाल समूहबाट उपाध्यक्ष लडेका दिनेश श्रेष्ठले ३४ मत पाएका छन्। दिनेश यसअघि पनि जिल्ला/नगर उपाध्यक्ष थिए। उनले वरिष्ठ उपाध्यक्ष त्याग्दै उमेशलाल श्रेष्ठलाई समर्थन गरेका थिए। सुरकृष्ण श्रेष्ठ नेपाली कांग्रेस निकट हुन्। उनी कांग्रेसको प्रदेश सभाको समानुपातिक सूचीमा थिए।


वि.सं.२०७९ चैत ३० १२:५९




















