back
stc
prabhu insurance

साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा एक महिना आयोडिनयुक्त नूनको जनचेतना अभिवृद्धि

काठमाडौं । आयोडिनको कमीबाट हुने शारीरिक र मानसिक रोग तथा विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सन् २०२३ को फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा प्रचार–प्रसार गर्न आजबाट थाल्दैछ ‘योरै साओ, सही मात्रामा साओ, दुई वालवालिकाको चिन्ह अंकित आयोडिनयुक्त नून ने साजू’ भन्ने नारालाई साकार तुल्याउन भोलि २०७९ माघ १८ गतेदेखि एक महिना अर्थात फागुन १८ गतेसम्म सरकारले ‘आयोडिन महिनाका रुपमा मनाउने भएको छ ।

‘यूनिभर्सल साल्ट आयोडाइजेशन’ (युएसआई) को सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन महिना’ घोषणा गरी आयोडिन नुन सम्बन्धी चेतनामूलक गतिविधि संचालन गरिदै आएको छ ।

आयोडिनको कमीबाट उत्पन्न हुने विभिन्न शारीरिक,मानसिक रोगहरू तथा विकृतिहरु मध्ये Visible Goiter सन १९८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न सफल गएको छ साथै सो रोग हाल समुदायमा देखिएको छैन ।

नेपाल सरकारले दिएको निर्देशन अनुसार साल्ट ट्रेडिङ कर्पोरेशनले आयोडिनयुक्त नूनको आपूर्ति,भण्डार र बिक्रीवितरण गर्दै आएको छ । नेपाल सरकारले लिएको सह शताब्दी विकास लक्ष अनुरूप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या १०० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेकोNNMS सर्भे अनुसार ९१.० प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ भने सन २०१६ मा नेपाल सरकारले गरेको NDHS सर्भे अनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका वालवालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ ।

यस उपलब्धीलाई जोगाई राख्न सम्बन्धित सबै निकायहरुको ध्यान दिनु जरुरी देखिएको छ।आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतनामूलक सामग्री बितरण, प्रदर्शनी कक्षास्टल राख्ने, जस्ता गतिविधि फेब्रुअरी महिनाभरी संचालन गर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले जनाएको छ ।

नेपाल सरकारले विगत ५९ वर्ष देखि साल्ट ट्रेडिङ कर्पोरेशनलाई देशभर आयोडिनयुक्त नूनको आपूर्ति,बिक्रीवितरणको जिम्मेबारी दिएको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले ग्रामीणस्तर सम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका गर्दै दुईवालवालिका चिन्ह अंकित पाकेट नून सुलभ मूल्यमा बिक्री वितरणको व्यवस्था र जनचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ

भोलि माघ १८ गतेदेखि शुरु हुने आयोडिन महिनामा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टी–सर्ट तथा पम्पलेट जस्ता सामग्री बितरण गर्न विभिन्न विद्यालय तथा हाटबजारमा टोली खटाइदै छ ।

उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम संचालन गर्न लागेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले जनाएको छ ।