भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य, हवाइ इन्धन भने घट्यो
काठमाडौ । इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगम लिमिटेडलाई पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले प्रतिलिटर पेट्रोलमा २.०४ रुपैयाँ र डिजेल २.११ रुपैयाँ पठाएको नेपाल आयल निगम स्रोतले जनाएको छ।
नेपाल आयल निगमलाई आईओसीले १५–१५ दिनमा इन्धनको नयाँमूल्य सूची पठाउने गर्दछ र नेपाल आयल निगमले सोही अनुसार मूल्य तोक्ने गर्दछ।
आइओसीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिम पदार्थको मूल्य घटबढ हुँदा सोहीअनुसार समायोजन गरेर पठाउने गरेको छ।
अघिल्लो वर्ष आईओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो। हाल नेपालमा प्रतिलिटर पेट्रोलको १७५ रुपैयाँ तथा डिजेल र मट्टीतेल १५५ रुपैयाँ उपभोक्ता मूल्य रहेको छ।
पेट्रोल र डिजेलको मूल्य बढेर आए पनि नेपालमा हालको मूल्य यथावत् राख्ने तयारीमा नेपाल आयल निगम रहेको छ। यसैगरी आईओसीले हवाई इन्धन र ग्यासको मूल्य भने घटाएर पठाएको बताइएको छ।
नयाँ मूल्यसूची अनुसार हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ मूल्य घटेको छ भने एलपी ग्यासमा प्रतिसिलिन्डर ४९ रुपैयाँ मूल्य घटेर आएको बताइएको छ।
वि.सं.२०८० जेठ १८ १७:१२

















