back
prabhu insurance
himalayanlife

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले आउँदो भदौमा राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गर्ने

काठमाडौँ। नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले आउँदो भदौमा राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गर्ने भएको छ।

नासोले विज्ञान तथा विज्ञानमा लगाव राख्ने १३ देखि २५ वर्ष उमेर समूहका युवा तथा बालबालिकालाई लक्षित गरेर भदौ ३० गते राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गर्ने जनाएको छ।
कार्यक्रममा आवेदन दिने युवा तथा बालबालिकालाई सम्मेलन आयोजना हुनुभन्दा पहिले दूरशिक्षा विधिबाट वैज्ञानिक अनुसन्धानपत्र अवधारणा लेखन तथा प्रस्तुतीकरणसबन्धमा कार्यशाला सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ। यस वर्ष सम्मेलनको विषयवस्तु ‘भविष्यका लागि सिकाइ’ (लर्निङ फर फ्युचर) रहेको छ।

यससँगै सम्बन्धित रहेर सहभागीले सम्मेलनमा आफूले गरेका वैज्ञानिक काम, अवधारणा तथा योजनालाई प्रस्तुत गर्ने नासोले जनाएको छ।

सम्मेलनमा उत्कृष्ट प्रस्तुतीकरण गर्ने सहभागीलाई विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने अवसर दिइने बताइएको छ।