मधेसमा चुरे दोहनले पानीको स्रोत सक्यो
महोतरी । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले चुरे दोहनले मधेशको उर्बर भुमी बिस्तारै मरुभूमि बन्दै गएको बताएका छन ।
ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै मन्त्री भुसालले मधेशमा चुरे दोहन मुख्य समस्या रहेको वताएका छन । विशेषगरि धान उत्पादनमा यस्को प्रभाव प्रत्यक्ष परेको बताउँदै चुरे हरियाली नभएसम्म तराइका जमिन बन्झर नै बनिरहने उनले तर्क गरेका छन ।
मन्त्री भूषालले भने –’मधेशको प्राण मानिने चुरेको निरन्तर दोहनले कृषियोग्य भुमिहरु मरुभूमि बन्दै छन,अब चुरे बचाउनुको विकल्प नै छैन । चुरे रहेसम्म मधेश रहने छ। स्थानीय र सरोकारवालाहरु नै दोहन नियन्त्रण गर्न लाग्न ढिलाइ भइसकेको छ ।’
पछिल्लो केही बर्ष यता मधेशमा चुरे दोहन कै कारण सिंचाइका नहरहरु सुकेका छन, भूमिगत पानीको स्रोत घटेको छ, खानेपानीको समस्या बढदै गएको छ ।
मधेशका जिल्लाहरुमा खानेपानी र सिंचाइको हाहाकार नै बने पछि मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका छन ।
वि.सं.२०८० साउन २८ ११:४५




















