back
prabhu insurance
himalayanlife

भदौ ३१ गते हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’का लागि रजिस्ट्रेसन खुला

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान) को आयोजनामा आगामी भदौ ३१ गते हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’का लागि रजिस्ट्रेसन खुला गरिएको छ । महासंघले कार्यक्रममा सहभागी हुन इच्छुकका लागि बिहीबारदेखि रजिस्ट्रेसन खुला गरेको हो ।

‘नेपाल ब्लकचेन कन्क्लेभको वेबसाइटमा गएर कार्यक्रममा लागि रजिस्ट्रेसन गर्न सकिन्छ’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यस अन्तर्गत विद्यार्थीका लागि ५ हजार र कर्पोरेटका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।’

ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाबीच एकै छातामुनि वृहत अन्तरक्रिया एवम् सहकार्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको कन्क्लेभ हुन लागेको महासंघको भनाइ छ ।

कन्क्लेभको सहआयोजकमा क्लब बी बिजनेस टेक्नोलोजी रहेको छ भने कम्युनिटी पार्टनरमा ब्लकचेन कम्युनिटी नेपाल रहेको छ । कन्क्लेभमा विभिन्न ६ देशबाट की नोट स्पिकर (प्रमुख वक्ता) आउने तय भएको छ ।

त्यस्तै कन्क्लेभमा नियामक नेपाल राष्ट बैंकसहित प्रमुख बैंक तथा वित्तीय संस्था, नेपाली तथा अन्तर्राष्ट्रय ब्ल्कचेन कम्पनी, फिनटेक कम्पनीहरू, विज्ञ, प्रविधि व्यवसायी, शिक्षण संस्था, नीति निर्माता तथा नेपाल सरकारका विभिन्न निकायको सहभागिता रहने महासंघले जनाएको छ ।