back
prabhu insurance
himalayanlife

नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्ने भएको छ। बैंकले भदौ २५ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो।

उक्त ऋणपत्र पर्सि आइतबार बोलकबोलमार्फत बिक्री गरिने जनाएको छ। यस ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।

यस ऋणपत्रको ब्याजदर पनि बोलकबोल मार्फत हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र २०८६ भदौ २५ गते परिपक्व हुनेछ।

यसऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ। बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्।