back
stc
prabhu insurance

पाटन अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प

काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकको सेवा ठप्प पारेका छन् ।

गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् ।

कात्तिक १८ गते ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेपछि चिकित्सकमाथि कुटपिट गर्ने माथि करर्बाहीको माग गर्दै अस्पतालको सेवा बन्द गरेका हुन्

गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो । त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अस्पतालको आरोप छ ।