back
prabhu insurance
himalayanlife

कुमारी बैंकमा नयाँ सञ्चालक

काठमाडौं । कुमारी बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समितिको चयन गरेको छ ।

उक्त सम्पन्न साधारण सभामा भएको सञ्चालकहरूको प्रतिस्पर्धात्मक चुनावमा संस्थापक शेयरधनी समूहबाट अमिर प्रताप जबरा, कर्मचारी संचय कोषका प्रतिनिधि विजय कुमार श्रेष्ठ, उद्योगी पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का, र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् ।

गत माघ २८ गते काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारण सभाबाट आ.ब. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ।ब।२०८०र८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएको सो बैंकले जनाएको छ ।