back
stc
prabhu insurance

नयाँ उत्पादन र प्रविधमा ४३ हजार करोड लगानी गर्दै टाटा मोटर्स

टाटा मोटर्स ग्रुपले वित्त आर्थिक वर्ष (२०२४/२५) का लागि नयाँ उत्पादन र प्रविधिमा भारु ४३ हजार करोडको लगानी लक्ष्य बनाएको छ।

यो लगानीमा टाटा मोटर्स ग्रुपको बेलायती इकाई जगुआर ल्यान्ड रोभर (जेएलआर) को सबैभन्दा ठूलो हिस्सा रहनेछ।

गत वित्त वर्ष २०२३/२४ मा टाटा मोटर्स ग्रुपले जेएलआरका लागि ३ अर्ब पाउन्ड (लगभग भारु ३० हजार करोड) र टाटा मोटर्सका लागि ८ हजार करोडको लगानी तय गरेको थियो। यसरी कुल रकम भारु ३८ हजार करोड पुग्छ।

टाटा मोटर्स ग्रुपका प्रमुख वित्तीय अधिकारी (सीएफओ) पीबी बालाजीले त्रैमासिक नतिजापछि भने, ‘गत वित्त वर्षमा जेएलआरको लगानी ३.३ अर्ब पाउन्ड (भारु ३३ हजार करोडभन्दा बढी) थियो, जब कि टाटा मोटर्सको लगानी ८ हजार २०० करोडभन्दा बढी थियो।’ गत वित्त वर्षमा यो समूहको कुल लगानी ४१ हजार २०० करोड रुपैयाँ थियो।