back
stc
prabhu insurance

तोकिएको मापदण्ड पूरा गरेर मात्र जार तथा बोतलको पानी बेच्न निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बिक्रीका लागि राखिएका जार तथा बोतलमा लेउ लागेका, मूल्य र उत्पादन मिति उल्लेख नभएका विषयमा ध्यानाकर्षण भएको जनाएको छ।

बिहीबार सूचना जारी गर्दै उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुन सक्ने क्रियाकलापको नियन्त्रणका लागि प्रशोधित पानीको उद्योगी तथा व्यवसायीहरू एवं काठमाडौँ महानगरपालिकाको सहकार्य हुन आवश्यक रहेको उल्लेख गरेको छ।

‘आम नागरिक उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुनसक्ने क्रियाकलापको नियन्त्रणका लागि प्रशोधित पानीको उद्योगी तथा व्यवसायीहरू एवं काठमाडौँ महानगरपालिकाको सहकार्य हुन आवश्यक देखिन्छ, ‘सूचनामा लेखिएको छ, ‘प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका–२०७४ मा तोकिएको मापदण्ड पूरा गरेर मात्र पानी ढुवानी तथा बिक्री वितरणको प्रबन्ध मिलाउन सम्बन्धित सबैमा अनुरोध छ।’