सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् ।आज सम्पन्न सेजन २५औं वार्षिक साधारण सभाले उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका छन् । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भएका हुन् ।
प्रत्यासी भागवत भट्टराईले ११५ मत प्राप्त गरेका छन् । सेजनको महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित भैसकेका छन् ।
त्यस्तै सेजनको सचिवमा सोभित थपलिया निर्वाचित भएका छन् ।
थपलियाले १०६ मत पाएका छन् । कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भएका छन् । उनले १६० मत पाएका छन्
सेजन सदस्यहरूमा केशु लामिछाने, हेमन्त जोशी, ममता थापा, छवि सापकोटा, वसन्तराज उप्रेती मत सहित निर्वाचित भएका छन् ।
वि.सं.२०८० भदौ १६ १२:००




















