जुम्लामा प्रयाप्त नुन स्टक
काठमाडौं । जुम्ला जिल्लामा नुनको कमी र अभाव भएर जनताको घरमा नुन नपुगेर दुस्ख पाएको हल्ला चले पनि जुम्ला सहित देशका कुनै पनि भु–भागमा नुनको अभाव नभएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड स्रोतले बताएको छ।
यस विषयमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नेपाल केन्द्रीय कार्यालयमा पुगेर बास्तबिकता बुझ्न खोज्दा जुम्लामा हाल सम्म नुनको कुनै कमी नभएको पाइएको कर्पोरेसन स्रोतले बताएको छ।
पछिल्लो आर्थिक वर्ष २०७९/८० को बार्षिक कोटा अन्तर्गत जुम्ला सदरमुकाम रहेको डिपोमा २५०० , नराकोट डिपोमा १७०० र गोरुचौर डिपोमा २०८० क्विन्टल आयोनुन ढुवानी भएको र अहिले पनि जुम्ला सदरमुकाममा रहेको डिपोमा ८४० , नराकोट डिपोमा ५५० र गोरुचौर डिपोमा ३७० गरि कुल १७६० क्विन्टल नुन स्टक रहेको कर्पोरेसनले आधिकारिक जानकारी दिएको छ।
जुम्लामा प्रयाप्त नुन हुँदा हुँदै जुम्ला स्थित साल्ट ट्रेडिङ कर्पोरेसन डिपोमा कर्मचारी विदामा बसेको र डिलरहरूको व्यवस्थापनको कमि कमजोरीले एक दुई दिन नुन नपाउदा जुम्लामा नुन नपाइएको भ्रमपुर्ण हल्ला चलेर सर्वसाधारण जनताले दुस्ख पाएको बताइएको छ । यस्तो मौकामा काला व्यापारीहरूले महंगो मुल्यमा नुन बेच्न पनि हल्ला चलाएका हुन सक्छन।
२०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नुन ढुवानीको आधिकारिक ढुवानी र स्टक विवरण निम्न रहेको बुझिन आएको छ।

वि.सं.२०८० असार २३ १७:५९



















