back
stc
prabhu insurance

मिस पवीसहितका कलाकारको साथमा सुरज खनालले सुरु गरे हाँस्य टेलिश्रृंखला ‘ख्याल ठट्टा’

काठमाडौँ । नेपाल टेलिभिजनमा हाँस्य टेलिश्रृंखला अति भो लाई २०१ अंक चलाएका निर्देशक सुरज खनालले त्यसलाई बिट मारेर नयाँ ‘ख्याल ठट्टा’ नामक टेलिश्रृंखला सुरु गरेका छन् ।

नयाँ टिमका साथमा शनिबारदेखि प्रसारणमा आएको श्रृंखलालाई खनाल आफैले लेखन तथा निर्देशन गरेका हुन् ।

उनका अनुसार यसअघि ‘अत्ति भो’ टेलिश्रृंखलाको टीमलाई नयाँ टीममा समेटिएको छ । काठमाण्डौंमा शनिबार बिहान एक कार्यक्रमको आयोजना गरेर पूर्वमन्त्री तथा एमाले सचिव गोकर्ण विष्टले यसको शुभारम्भ गरेका थिए ।

निर्देशक खनाल आफू गुल्मीको भएकाले पनि विष्टलाई प्रमुख अतिथि रोजेको बताएका छन् । शनिबार आयोजित कार्यक्रममा ‘ख्याल ठट्टा’को कलाकार, प्राविधिकसँगै प्रसारण मिति र समयबारे जानकारी दिइएको थियो ।

खनालले यसअघि आफूमा ‘अत्ति भो’ सिरियलमा २०१ भाग निर्देशन गरेको अनुभव रहेको र ख्याल ठट्टामा अझै राम्रो गर्ने प्रतिबद्धता जनाउँदै समयअनुसारका सामाजिक विषयहरुमा ध्यान दिने प्रतिवद्धता जनाएका थिए ।

यो सिरियलमा पबित्रा शांकी (मिस पबि) को मुख्य भूमिका रहेको र कलाकार निर्मल शर्मा, शर्मिला शर्मा, धनराम मुस्कान, सुरज खनाल, युवराज तिमल्सिना, रेशम बुढाथोकी, कल्पना खतिवडा, सुबि शाही, चन्दा बिडारी, सुमन खनाल, सोभाखर खनाल, भुवन के पोख्रेल, सोनिया पुरी, अस्मि थापा, श्याम खनाल, बलराम खड्का लगायतका कलाकारको अभिनय रहेकाले सफलता पाउने उनको अपेक्षा रहेको छ ।

शनिबार साँझ ७ः १५ बजे सन्सा फिल्मस् युट्युव च्यानलबाट यसको सुरुवात भएको कलाकार शोभाखर खनालले जानकारी दिए । उनले टीमवर्कमा काम गर्ने समूह भएकाले पहिलेजस्तैगरी मन जित्न सकिने बताए ।

कार्यक्रममा प्रमुख अतिथि विष्टले कलाकारले कलाकारिताको माध्यमबाट समाजमा सन्देश फैलाउनुपर्ने बताउँदै जीवन्त विषयहरुलाई समेट्नुपर्ने सुझाव दिएका थिए । यस्ता टेलिश्रृंखलाले मनोरञ्जनसँगै  समाजका बिभिन्न विषयमा सकारात्मक सन्देश  फैलाउन  सक्नुपर्ने उनको आग्रह थियो ।

यो श्रृखलामा साथ दिएका कलाकार सुरविर पण्डित (दाह्री बा) ले सिरियलको भीडमा फरक बनेर जानुपर्ने बताए भने कलाकार निर्मल शर्माले राम्रो टीमसँग काम गर्न पाउँदा खुसी लागेको र आफूले अहिलेको समयमा एकमात्र सिरियलमा काम गरेको बताएका थिए ।

कलाकार धनराम मुस्कान, शर्मिला शर्मा, चन्दा विडारी लगायतका कलाकारले पनि आफ्नो अनुभव सुनाएका थिए ।