back
stc
prabhu insurance

प्रभु महालक्ष्मी लाइफको ६० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले दुईजना संस्थापक शेयरधनीहरूको नाममा रहेको ६० हजार ९८० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले हाल संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो ।उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।