back
stc
prabhu insurance

शाओमीले ल्यायो रेड्मी नोट १३ सिरिजमा ‘जुलाई ज्याकपट अफर’

काठमाडौं : शाओमीले आफ्नो नेपाली ग्राहकहरुको लागि ‘जुलाई ज्याकपट अफर’ सुरु गरेको छ ।अफरमा ग्राहकले रेड्मी नोट १३ सिरिज मोडेलहरुमा जुलाई ३१ सम्म चार हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।

यो छुट शाओमीका नेपालभरका रिटेल आउटलेटहरुमा र सबै आधिकारिक मी स्टोरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले टेक्नोलोजी सबैको लागि पहुँचयोग्य हुनुपर्छ भन्ने विश्वासका आधारमा आफूहरुले अफर ल्याएको बताए ।

ग्राहकले अब रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि मा धेरै पैसा खर्च नगरिकन प्रिमियम सुविधाहरु र शीर्ष–स्तरीय प्रदर्शनको आनन्द लिन सक्छन् ।

यस्तो छ नयाँ अफरः

रेड्मी नोट १३

६/१२८ जीबीः पुरानो मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ, अफर मूल्य २३ हजार ९ सय ९९ रुपैयाँ मात्र
८/२५६ जीबीः पुरानो मूल्य २७ हजार ९ सय ९९ रुपैयाँ, अफर मूल्य २६ हजार ९ सय ९९ रुपैयाँ मात्र

रेड्मी नोट १३ प्रो

८/२५६ जीबीः पुरानो मूल्य ३४ हजार ९ सय ९९ रुपैयाँ, अफर मूल्य ३२ हजार ९ सय ९९ मात्र
१२/५१२ जीबीः पुरानो मूल्य ३९ हजार ९ सय ९९ रुपैयाँ, अफर मूल्य ३५ हजार ९ सय ९९ रुपैयाँ मात्र

रेड्मी नोट १३ प्रो प्लस ५ जी

८/२५६ जीबीः पुरानो मूल्य ४७ हजार ९ सय ९९ रुपैयाँ, अफर मूल्य ४५ हजार ९ सय ९९ रुपैयाँ मात्र
१२/५१२ जीबीः पुरानो मूल्य ५२ हजार ९ सय ९९रुपैयाँ, अफर मूल्य ५० हजार ९ सय ९९ रुपैयाँ मात्र