back
stc
prabhu insurance

माछापुच्छ्र्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा अर्याल र महाप्रवन्धकमा जमरकटेल

काठमाडौं । माछापुच्छ्रे बैंकले प्रसिद्ध राज अर्याललाई नायव प्रमुख कार्यकारी अधिकृत तथा सुभाष जमरकटेललाई नायव महाप्रबन्धकमा पदमा बढुवा गर्ने निर्णय गरेको छ।

बैंकको असार २७ गते बसेको सञ्चालक समितिको बैंठकले आगामी साउन ४ गतेबाट लागू हुने गरी बढुवा गर्ने निर्णय गरेको हो।

काठमाडौं विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव छ।

अर्याल यस अघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेतमा रही विभिन्न पदमा कार्य अनुभवी रहेका छन्।

यसैगरी, सन् २०१० देखि आफ्नो बैंकिङ करियर सुरू गरेका सुभाष जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध रहेका छन्

जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिन्छन्।

उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानुनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन्।

यस बाहेक उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका छन्।