back
prabhu insurance
himalayanlife

महिला एशिया कपः आज नेपाल र भारतबीच समूह चरणको अन्तिम खेल हुँदै

काठमाडौं। श्रीलंकामा जारी महिला एशिया कपको समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ। खेल नेपाली समय अनुसार बेलुका ७:१५ बजे श्रीलंकास्थित दाम्बुला स्टेडियममा हुनेछ।

एक(एक खेल बाँकी रहँदा समूह ए मा नेपाल र पाकिस्तानको समान २–२ अंक छ। भारतले दुइ खेल जितिसकेको छ भने युएईले दुई खेलमा हार बेहोरेको छ।

एकमा जित र एकमा हारसहित अङ्क तालिकाको तेस्रो स्थानमा रहेको नेपालले सेमिफाइनलको यात्रा तय गर्न आजको खेलमा भारतलाई हराउनुपर्ने बाध्यता छ।

समान अंक जोडेपनि नेपाल तेस्रो स्थानमा झरेकोले आफ्नो खेलको अतिरिक्त आजै हुने पाकिस्तान र युएईबीचको खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ।

समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आजको पहिलो खेलमा युएई विरुद्ध खेल्नेछ। आजको सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ।

पाकिस्तानले युएई विरुद्ध जित हासिल गरेमा नेपालले भारतलाई हराउनैपर्ने हुन्छ।