back
stc
prabhu insurance

बजारबाट फिर्ता मगाइएका १ लाख बढी गाडीको इन्जिन परिवर्तन गर्दै टोयोटा

काठमाडौं । टोयोटाले १ लाख बढी गाडीको इन्जिन परिवर्तन गर्ने भएको छ। कम्पनीले १ लाख टुन्ड्रा पिकअप र ३ हजार ५०० लियुक्स लक्जरी एसयूभीको इन्जिन परिवर्तन गरिने जानकारी गराएको छ।

ती गाडी टोयोटाले गत जुनको सुरुआतमा बजारबाट फिर्ता मगाएको थियो। इन्जिनमा समस्या देखिएपछि ती गाडीको गति कम हुँदै गएको थियो। सोही कारणले ती गाडी बजारबाट फिर्ता मगाइएको कम्पनीले जनाएको छ। ती गाडी २०२२ र २०२३ मोडेलका छन्।