back
stc
prabhu insurance

हेम बहादुर मल्ल सम्मान पुरस्कार प्राप्त गर्ने व्यक्तिकाे नाम घाेषणा हुने

काठमाडौं । नेपाल जनप्रशासन संघले हेम बहादुर मल्ल सम्मान पुरस्कार २०७९/२०८० प्राप्त गर्ने व्यक्तिकाे नाम भाेली साउन २१ गते अपरान्ह ३ बजे साल्ट ट्रेनिङ कर्पाेरेसन लिमिटेडमा एक पत्रकार सम्मेलन गरि घाेषणा गर्ने भएकाे छ।

यसपाली बिसाै र एक्काइसौं पुरस्कार प्राप्त गर्ने व्याक्ति घाेषणा गरिदैछ। गत वर्ष पुर्व प्रशासक गाेरक्ष बहादुर न्हुच्छे प्रधानलाई २०७७ र पुर्व सचिव भानुप्रसाद आचार्यलाई २०७८ सालकाे पुरस्कार प्रदान गरिएकाे थियाे।

न्हुन्छे प्रधान करिव चार दशक सरकारी सेवामा रहेका थिए। उनी प्रधानमन्त्री कार्यालय,राष्ट्रिय याेजना आयाेग,अर्थ र पर्यटन मन्त्रालयमा रहेर काम गरेका थिए।

अवकासपछि पनि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिकाे प्रमुखका रूपमा पनि कुशलतापुर्वक काम गरेका थिए।

यसैगरि आचार्यले सरकारी सेवाका क्रममा महालेखा नियन्त्रण,अर्थ सचिव,उद्याेग,वाणिज्य तथा आपूर्ति सचिव र महालेखा परिक्षकका रूपमा उत्कृष्ट भूमिका निर्वाह गरेका थिए।

गत वर्ष पुरस्कृत पुर्व प्रशासकहरूलाई सम्मानपत्र सहित नगद दुई लाख प्रदान गरिएकाे थियाे। प्रधानलाई अठारौं र आचार्य उन्नाइसौं सम्मान व्याक्ति पुरस्कार दिइएकाे थियाे।

२०४७ सालमा स्थापना भएकाे जनप्रशासन संघले ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक स्व. हेम बहादुर मल्लले साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडकाे नेतृत्व तहमा रहि उत्कृष्ट एवं विशिष्ठ याेगदान पुर्‍याए वापत निजकाे सम्झना र सम्मानमा २०५९ सालमा हेम बहादुर मल्ल सम्मान पुरस्कार स्थापना गरिएकाे थियाे।

सम्मान पुरस्कार छनाेटका लागि पुर्व सचिव,सचिव,पुर्व प्रशासक र पुर्व व्यवस्थापककाे संयाेजकत्वमा नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्काेटा,साल्ट ट्रेडिङ कर्पाेरेसनका अध्यक्ष प्रदिपलाल श्रेष्ठ,पुर्व सचिव,पुर्व प्रशासक र बहालबाला वा व्यवस्थापक लगायत रहने गरेका छन।

याे सम्मान पुरस्कारबाट अहिलेसम्म त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, पर्यटन व्यवसायी चाँदनी जोशी, मुटु राेग चिकित्सक डा. भगवान कोइराला, पर्वूमुख्यसचिव बिमल कोइराला, युवा आविस्कारक महाविर पुन, भोजराज श्रेष्ठ, पुर्व सभामुख दमननाथ ढुंगाना, काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्मा, पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, पुर्व सचिव तथा लाेक सेवा आयाेगका पुर्व अध्यक्ष उमेश मैनाली,पुर्व मुख्यसचिव दामोदर गौतम, पुर्व मन्त्री डा. देवेन्द्रराज पाण्डे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आँखाका चिकित्सक डा. सन्दुक रूइत, चिकित्सक डा. गाैरी शंकरलाल दास,पुर्व सचिव गाेरक्ष बहादुर न्हुन्च्छे प्रधान र पुर्व अर्थ सचिव तथा महालेखा परिक्षक भानुप्रसाद आचार्य लगायतका विशिष्ठ व्यक्तिहरू सम्मानित भइसकेका छन् ।

पुरस्कार घोषणा कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्काेटा,पुरस्कार छनाेट समितिका व्यक्तिहरू लगायतको उपस्थिति हुनेछ ।

सम्मान पुरस्कार राशिको रकम सुरुमा नगद एक लाख रहेकोमा अहिले बढाएर दुई लाख पुर्‍याएको छ । पुरस्कार राशिको रकमलाई आगामी दिनमा बढाएर पाँच लाख पुरयाउन साल्ट ट्रेडिङका अध्यक्ष श्रेष्ठ र कार्यकारी अधिकृत उर्मिला श्रेष्ठसँग आग्रह गरिएकाे पनि छ।