back
stc
prabhu insurance

सिटिजन्स क्यापिटल लि.को लाभांस क्षमतामा वृद्धि

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको १८ औं वार्षिक साधारण सभा २०८१ साल भाद्र १७ गते गर्ने भएको छ । संस्थाले आ.व.२०८०/८१ मा चुक्ता पूजीँको १५.५० प्रतिशत लाभांस प्रस्ताव गरेको छ ।

आ.व.२०८०/८१ मा सिटिजन्स क्यापिटल लिमिटेडको लाभांस क्षमतामा ३० प्रतिशतले वृद्धि भएको छ । आ.व.२०८०/८१ मा समग्र आर्थिक चुनौतीहरुका बाबजुत कम्पनीले अघिल्लो आ.व. भन्दा वृद्धि हासिल गर्न सक्षम भएको छ ।

कम्पनीले वित्तीय परामर्श(Financial Advisory), लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ ।

सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।

नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा श्री कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।

संस्थाको १८ औं वार्षिक साधारण सभाका विषयहरुका सम्बन्धमा छलफल गर्न ज्ञानेश्वर (जर्मन एम्बेसी नजिक) स्थित एटिक मिटिङ्ग हल, काठमाडौंमा विहानको ११ बजे देखि सभा हुने जनाएको छ ।