back
prabhu insurance
himalayanlife

संघीय सरकारका मन्त्रीहरू अब भैँसेपाटीमा निवासमा

काठमाडौं । संघीय सरकारका मन्त्रीहरू ललितपुरको पुल्चोकस्थित हरिहरभवन मन्त्रीनिवासबाट भैंसेपाटीस्थित नवनिर्मित मन्त्रिनिवासमा बस्न सुरु गरेका छन् ।

हालसम्म पाँच जना मन्त्रिहरू भैंसेपाटीस्थित निवास सरेको सहरी विकास मन्त्रालयले जनाएको छ । यसैगरी राष्ट्रियसभाका उपाध्यक्षसमेत भैंसेपाटी निवासमा सरेकी छिन् ।

भैंसेपाटी निवास सर्नेमध्येमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, खानेपानीमन्त्री प्रदीप यादव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर सुडी भैंसेपाटी निवास सरेका छन् । त्यसैगरी राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेसमेत भैंसेपाटीस्थित नवनिर्मित निवासमा सरेकी हुन् ।