back
stc
prabhu insurance

यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्याई नवीकरण गर्ने गराउने प्रयोजनका लागि सेवाग्राहीबाट २० हजार रुपियाँ घुस लिएको आरोपमा कम्प्युटर अधिकृत रेग्मीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरे सेवाग्राहीको सवारी चाल अनुमतिपत्रको विवरण इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स दर्ता प्रणालीमा सच्याई विवरण अद्यावधिक गरी घुस लिइएको अनुसन्धानबाट पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कम्प्युटर अधिकृत रेग्मीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफला ३ अन्तर्गतको कसुरजन्य कार्य भएको पुष्टि भएको छ । रेग्मीलाई २० हजार रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को देहाय क बमोजिम कैद सजाय मागदाबी दिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको जानकारी प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।