back
prabhu insurance
himalayanlife

नेपाल राष्ट्र बैंकद्वारा ५ वटा रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौंमा रहेका ५ वटा रेमिट्यान्स कम्पनीको लाइसेन्स स्वतः खारेज भएको जनाएको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै ती कम्पनीको लाइसेन्स विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित)को विनियम १३ को उपविनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उपविनियम (११)को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज भएको जानकारी गराएको हो।

लाइसेन्स खारेज भएका रेमिट्यान्स कम्पनीहरुमा काठमाडौंको लाजिम्पाटस्थित राम्रो रेमिट, गौशालाको ग्लोबल माउन्टेन रेमिट, दरबारमार्गको संसार रेमिट, न्युरोडको ललित मनी ट्रान्सफर र अनामनगरको माक्स मनी ट्रान्सफर छन्।