back
stc
prabhu insurance

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामको पहिलो जित

दक्षिण कोरियाली फरवार्ड सन ह्युङ–मिनको दुई गोल मद्दतमा टोटनह्यामले इंग्लिस प्रिमियर लिगमा पहिलो जित हात पारेको छ।

शनिबार राति घरेलु मैदान टोटनह्याम हट्सपुर स्टेडियममा भएको खेलमा एभर्टनलाई ४–० को फराकिलो अन्तरले पाखा लगाएको हो।

पहिलो हाफको १४औँ मिनेटमा योभ्स बिसौमाको गोलमा गोलमा टोटनह्यामले सुरुवाती अग्रता बनाएको थियो। खेलको २५ औँ मिनेटमा सनको गोलमा घरेलु टोलीले अग्रता दोब्बर पार्यो। पहिलो हाफमा २–० ले अग्रता बनाएको टोटनह्यामले दोस्रो हाफमा थप २ गोल गर्यो।

खेलको ७१ औँ मिनेटमा क्रिस्टियन रोमेरोको गोलमा घरेलु टोलीले अग्रता फराकिलो पार्यो। खेलको ७७ औँ मिनेटमा सनले व्यक्तीगत दोस्रो गोल गर्दा टोलीका लागि चौथो गोल गर्दै अग्रता फराकिलो पारे। लिगमा पहिलो जित दर्ता गरेको टोटनह्याम चार अंकमा तालिकाको तेस्रो स्थानमा छ।

शनिबार राति नै भएको खेलमा वेष्ट ह्याम युनाइटेडले क्रिस्टल प्यालेसमाथि २–० को जित दर्ता गर्यो। यस्तै फुलहामले लेष्टर सिटीलाई तथा ब्राइटनले म्यानचेष्टर युनाइटेडलाई समान २–१ गोल अन्तरले पाखा लगाए। म्यानचेष्टर सिटीले एप्सविच टाउनमाथि ४–१ को फराकिलो जित दर्ता गर्यो।