back
prabhu insurance
himalayanlife

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको नयाँ कार्यसमिति चयन

काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आइसीसी) नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । विशेष साधारणसभाले राजेशकाजी श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

श्रेष्ठको नेतृत्वमा विभिन्न व्यावसायिक क्षेत्रलाई प्रतिनिधित्व गर्ने पदाधिकारी तथा कार्यसमिति सदस्यहरू निर्वाचित भएका छन ।

आइसीसी नेपालको वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ–संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैंकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल केसी, इन्स्योरेन्स क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशोसियट कम्पनीहरूका तर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा रहेका छन् ।

यसैगरी महासचिवमा नरेशप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे पनि निर्वाचित भए ।

कार्यसमिति सदस्यहरूमा ज्ञानेन्द्र ढुङ्गाना, अशोक शेरचन, अशोक अग्रवाल, मिनबहादुर गुरुङ, अर्जुन प्रसाद शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईं, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुुसन कर्माचार्य र देश बन्धु बस्नेत निर्वाचित भए ।

यस्तै, पवित्रकुमार कार्की, रवीचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लब पौडेल, दीपककुमार श्रेष्ठ र पोषक राज पौडेल पनि कार्यसमिति सदस्यमा निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आइसीसी नेपालले सरकार, रोजगारदाता, बैंक तथा वित्तीय क्षेत्र, कानुन निर्माता एवं विभिन्न व्यावसायिक सङ्घसंस्थासँग मिलेर समन्वयात्मक ढङ्गले काम गर्ने बताए ।

आइसीसी नेपालले मुलुकभित्र लगानी बढाउन, निर्यात तथा पर्यटन प्रवद्र्धन गर्न र व्यवसायिक विवादको मध्यस्थताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।