back
prabhu insurance
himalayanlife

चलचित्र विकास बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेशराज दाहाल (दिनेश डिसी), फिल्म निर्देशक दीपा पाण्डे बस्नेत र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम सिफारिस भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव एवं बोर्डका सदस्य सचिव राजेश कुमार थापाले सेतोपाटीलाई जानकारी दिए।

सिफारिस समितिले उनीहरूको नाम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङसामु सिफारिस गरेको हो।

समितिले सिफारिस गरेका व्यक्तिमध्ये मन्त्रिपरिषद् बैठकले एक जनालाई बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ।

मन्त्रिपरिषदको नियमित बैठक बिहीबार बस्दैछ। अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेको थियो। यसअघि बोर्ड अध्यक्ष अभिनेता एवं निर्माता भुवन केसी थिए।